Saturday, 25 May 2013

पोखराका ३ ठाउँलाई फ्रि वाईफाई जोन घोषणा गर्ने तयारी

पोखराका ३ ठाउँलाई फ्रि वाईफाई जोन घोषणा गर्ने तयारी

पोखरा, फागुन १३ - पोखरामा संचालित चौथौ पोखरा क्यान इन्फोटेक मेला आइतवार सकिएको छ ।
यहि फागुन १० गतेदेखि सुरु भएको मेलाको ५५ हजार दर्शकले अवलोकन गरेका मेला मुल आयोजक समितिका संयोजक राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
विकसित सूचना तथा सञ्चार प्रविधिका बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको मेलाको आजमात्रै १७ हजार दर्शकले अवलोकन गरेका छन् ।
सूचना प्रविधिसँग सम्वन्धित ८० वटा स्टल राखिएको मेलाको करिब ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको थियो ।
मेलामा सबैभन्दा बढी ल्यापटप, डेस्कटप, पेनड्राइभ, प्रिन्सर्ट र एन्टिभाईरस सफ्टवयर बढि बिक्री भएको आयोजकले जानकारी दिएको छ । मेलामा भएको आईटी कन्फ्रेन्सले पोखराको पर्यटकीय क्षेत्र लेकसाईड, न्यूरोड र विन्ध्यवासिनीलाई फ्रि वाईफाई जोन घोषणाका लागि पहल गर्ने निर्णय पनि गरेको छ ।
मेलास्थलमा पुराना कम्यूटर साटफेर गर्न सकिने र निःशुल्क कम्युटर सर्भिसिङ्गको समेत व्यवस्था मिलाइएको थियो भने दृष्टिविहीनहरुका लागि कम्युटर शिक्षा, विद्यार्थीहरुद्वारा बनाईएका रोबोटको प्रदर्शनी र कम्प्युटरबाट माइण्ड टेष्टको समेत व्यवस्था गरिएको छ ।
उत्कृष्ट स्टलका रुपमा पोखराको एक्पोलर डिजिटल प्रालि र जेरोक्स कम्पनीलाई पुरस्कृत गरिएको क्यान कास्कीका महासचिव अच्यूत खनियाले जानकारी दिनुभयो ।

No comments:

Post a Comment