Saturday, 8 February 2014

     म कोरियन लाहुरे 
                                                                                                   
  •                                    मेरो गाउ मा एक जना दाई हुनुहुन्थ्यो अरब मा ,,उहा अरब बाट आउदा  ६ ब्याट्री वाला काध मा रेडियो  बजाउदै गाउ आउनु हुन्थ्यो उहा को सान छुटै थियो , बोल्ने, खाने, हिड्ने तरिका छुटै थियो , हुन पनि नेपाल मा भन्दा बडी नै कमाई हुने अनि उहा का गफ छ नि ,,हवाई जहाज चडीयो आकाश मा ६-७ घण्टा कस्तो खानु कुरै नगरम भन्दा मलाई नि कता कता लाहुरे हुने मन आयको थियो ,,हवाई जहाज चड्न त अरब नै जानु पर्छ भारत गयर चडन पाइदैन /यता आफु संग पदने ७-८ क्लास का साथी हरु भारत पसेको वर्ष दिन मा तिहार मा गाउ आयका छन् ,,गोरो –गोरो छालाहलक्क बढेको सरिर मोटो घाटो ,उस्का गफ नि उस्तै अरबे दाइ का जस्तै –जस्तै २० औ तला मा काम गर्छु भन्दा ,,ओहो यत्रा ठुला घर हुन्छन सोच्दथिय  ,अझ घर आउदा मसला ,मिठाई जहिले नि ल्याउने ,यसो कुरा बुज़दा मेरो ममी लाई नि मसला ल्याउने लाहुरे छोरो चाईएको जस्तो लाग्थ्यो ,,तर के गर्नु बाबा मास्टर हुनुहुन्छ जसरि नि पढ्नै पर्छ ,बिहान ८ बजे स्कूल हिडेको बेलुका ६ बजे घर नपुगिन्जेल पानि बाहेक अरु खानु छैन ,मलाइ नि लाहुर जान मन लाएको छ ,आफु एस .एल .सी दिने बेला मा त भारत गयका साथी हरु दुवै ,कतार ,अरब गैसकेछन् आफ्नै दाम्ली साथी हरुले घर मा यति उति पैसा पठायो भन्दा ,,म मा के कम छ जब संगै को साथी हरु पैसा कमाउने भइ सके सोचथ्य .तर बुबा लाई यस्तो कुरा गर्यो भने बाघे झापु पाहीएला भन्ने डर ,आफ्नो खलक मा सबै जसो मास्टर हुन्नुन्थ्यो,जागिर नखाएनि पढ्नै  पर्ने ,,हजुर बुबा मात्र रिटाएर इन्डियन आर्मी ,,अब का दिन क्याम्पस  का थिय  घर बाट पैसा नि कति माग्नु सरम-लाउन थालेको थियो , भने यता लाहुरे बनेर पैसा कमाउने इच्छा छदैछ,गाउ बाट ६ जना क्याम्पस पढ्न  संगै आयको थ्यौ ,,२ जना केहि दिन मा नै उनका आफन्त संग भारत तिर गए ,,पछि गाउ जादा उसले पठाएको चिठी पढे लेखको थ्यो,,और के छ साथी मेरो त तनखा नि आइ.सी ६ हजार ,,,म नि घर बाट भागेर लाहुर जाऊ जस्तो लाग्थ्यो ,,मेरो लाहुर जानु को भित्रि इच्छा पैसा मात्र नभएर अल्ली गोरो र मोटाउने नि थ्यो ,,सबै लाहुर गए पछि मोटाएको देखेको थिए  ,,भारत हुदै दुवै कतार पुगेका गाउ का साथी हरु को फोटो हेर्दा लाग्थ्यो सोडा नै हालेको जस्तो फुलेर के भयको ,आफु झन् झन् सकियको जस्तो लाग्थ्यो ,यता हामी ४ जना (बिक्रम ,सुमन ,दीपक र म )मध्ये बिक्रम अल्ली मोटो नै थियो अरु तिन जना सिरु पाते..तेतिकै मा म कोरिया तिर लागे ,सुमन लण्डन तिर पढ्ने  भनेर लाग्यो ,,पढ्ने  त के हुन्थ्यो र पैसा कमाउन अनि लाहुरे भनेर फर्कने उता बिक्रम र दीपक नेपाल मै थिए ,म यता कोरिया आउने भने पछि लाहुरे हुने र मोटाउने रहर पुरा हुने भयो भनेर दङ्ग थिए  ,,कोरिया नि आए हवाई जहाज चड्ने रहर पुरा भयो ओहो कति माथि उडेको हो नि ,,मन मा कुरा खेल्थ्यो बाटो कसरी देखेको होला ,,,कसरी उडेको होला ,,,जब कोरिया आए  ३-४ महीना त हावा पानि नमिलेर नमोटाएको भन्ने लागेको थ्यो ,अहिले त ३ वर्ष पुरा भयो खोइ मोटाउन  सकिएन् ,उटा दुवै कतार मा भयको साथी हरु भुडी मा बोसो बडी भयर काटेरफालेको भन्दै छन् ,,कति किलो छस भनेको १०२ किलो अरे आफु यहाँ मुस्किल ले ६० ,,बिक्रम नेपाल मा नै भए पनि  मोटो भयको रैछ अस्ति फसेबूक मा फोटो देखेको थ्य ,,अनि कुरा नि गरे मेसेज मा  भन्दै थ्यो मा नि कोरिया आएको छु नि १ वर्ष भयो यार तेरो फोन नम्बर नै नभयर,,,त्यो फेस बुक को फोटो त पुरानो हो के ,,,,, आउदो आइतबार भेट्ने भनेर बिदा भय ..र आइतबार को दिन गाउ को साथी बिक्रम लाई भेट्न गए ,,तेस्तो मोटो घाटो अहिले त म भन्दा नि पातलो भयछ बिक्रम ,,म त पातलो मान्छे उस्तै छु,बिक्रम मोटो मान्छे  दुब्लायाको देख्दा बिमारी भयछ कि भन्ने लायो,होइन म ठिक छु बिक्रम भन्छ ,,उता लण्डन मा भयको सुमन संग हिजो फोन मा कुरा गरेको थ्य ,भन्दै थ्यो गाउ मा गाडी जान्छ कि जादैन म त भुडी लागेको छ यार उकालो हिड्न मिल्दैन ,मलाई सोधेको थ्यो होइन तिमि हरु कोरिया मा भात खादै नौ क्या? खान त खान्छौ नि हरेक  ४-४ घण्टा मा तर के गर्नु खायको कता जान्छ जान्छ ,म त अल्ली मिठो मानेर खान्छु नि संगैकाम गर्ने साथी बिचरा चाउचाउ को धुलो सुप चाट्दै भात खान्छ अरु कोरियन खाना मन पर्दैन उमालेको हुन्छ ,अरु केहि हुदैन हामी नेपाली लाई तेल मा तारेको ,नुन,मसला,खुर्सानी बडी हालेको चाहिन्छ ,,मोटाउने सबै उपाय गरे भयन,,होइन लुगा अल्ली ठुलो खालको लाय मोटाइन्छ कि भनेर नि लाय तर भयन,जे होस् कोरिया मा धेरै जाडो हुने भयको ले ४-५ ओटा माथि ३-४ ओटा तल लुगा लगाय पछि चाई हेर्न लायक भइन्छ तर गर्मि को समय मा चाई बाटो मा हिड्दा गाडी को हुइकाइ  संगै आयको हावा ले उडाउला  भन्ने डर मा मात्र होइन नि कोरिया मा भयको ८०% को समस्या हो यो नेपाल बाट आउदा भन्दा झन् दुब्लो हुने को संख्या बडी छ ,,गयको तिहार मा नेपाल बिदा मा गयको थ्य ,मलाई देखरे कठै भने कति कति ,,अझ रोचक पर्संग त के भने नि ,,काठमाडौँ पुगेसंगै घर लैजाने समान किन्दै थिए  सामान धेरै भयो पसले लाई संका लागेछ क्यारे ,होइन यत्रो सामान किन किन्नु भयको हेर्दा त पढ्न  आउनु भयको जस्तो लाग्छ ,,आफुले आफुलाई निहाले होइन म लाहुरे जस्तो देखिदो रहिन्छु क्या , अ हो मपढ्न  आयको भने ,,घर पुगे पछि नि आमा ले र हजुरबुबा ले त होइन यो त खानै नखाई पैसा मात्र कमैस क्या भनेर गाली गर्नु भयो बुबा ले चाई यतिको सरिर ठिक छ धरै मोटायको स्वास्थ्य लाई ठिक हुदैन भन्नु भयो र अल्ली मलाई सजिलो पार्दिनु भयो हुन त बुबा ले नि छोरो मोटो भयको हेर्ने मन होला तर मलाई साथ दिनु भयो,,तेस्तै मा गाउ को एक  जना बुबा ले त मुखै फोरेर भन्नु भयो केटो मोटाउन सकेनछ अल्ली अल्ली गोरो चाई भयको हो है ,,,पातुलो भयको मा आफु लाई कति पिडा छ मलाई मात्र थाहा छ,,,केहि दिन पछि घर मा काका को छोरा को बिहा गर्ने कुरा चलेकोछ ,भाई भर्खर पढाईथ्यो ,,तर भाई मोटो अजंघ को थियो  ,,मेरो भाई भय नि मेरो दाइ जस्तो थियो  जे भयनी म कोरिएन लाहुरे भए  पैसा नि भए को तत्ति हो मोटो छैन ,,काका को छोरा र म उसको लागि केटि हेर्न गयौ ,,सबै काम कुरा गर्ने जिम्मा मलाई नै दिनु भयको थ्यो घर बाट  ..उता केटि को घर  पुगियो राम्रै सम्मान गर्नु भयो ,,केटि र केटि का बाउ पल्लो पट्टि अनि यता पट्टि म र भाई बसेको थियौ ,केटि का बाउ ले सोधिहाले भाई  तिर इसारा दिदै; बाबु कुन देस बाट आउनु भयको नि भाई लाई नि ल्याउनु भयको रैछ ,,मैले कुरा काटी हाले होइन हजुर म दाइ र यो मेरो भाई हो ,सुख संगै राखको छौ तेसैले सरिर राम्रै छ अहिले पड्दै छ ,म चाई कोरियन लाहुरे ,तत्ति भन्ने साथ बाहिर संकालु हासो गुन्जियो,, ,, ,,खै कोरियन लाहुरे हो या मेरो बोलीको प्रवाब हो केटि र केटि को बाउ लाई भाई भन्दा म मन परे जस्तो आवास पाए  ,केटि नि सारै राम्री नि मलाई नि मन परेको थ्यो तर के गर्नु बहु बिहा को झन्झट आई लाग्छ फेरी ,,मैले चाई कोरिया जानु पहिले नै बिहा गरेको भन्न बाध्य भए  ,,पछि भाई संग नै ति नानी लाई बिहा गराउने सहमति गराए  ,,अहिले घर मा नै छन बुहारी पर्छिन्, 

                                         यता दुवै बाट ५-६ महिना को तलब नदियर रिस को झोक मा मेरो सानो को साथी अस्ति घर आयको रैछ ,र हिजो चाई मथिम आयको थ्यो ,,बा बाबा के सारो मोटायको नि भुडी ले हिड्न नमिलेर लौरो टेकेर आयको पसिनै पसिना भयको थ्यो केहि गफ गरियो अनि भोलि संगै बजार जाने कुरा गर्दै बिदा भयो ,उसलाई हेर्दा लाग्छ म त उसको आधि मासु को सरिर नि छैन क्या ,,भोलि पल्ट संगै बजार जादैथ्यौ बाटो मा एक जना बाजे लाई भेटियो ,, बाजे ले दुवै जना लाई राम्रो संग चिन्नु भयो तर उसंग कति मिठो कुरा गर्न थाल्लु भयो म संग चाई केहि बोल्नु भयन ,,अझ उसलाई देखाउदै तिमि नि बिदेस जाऊ न यस्तै मोटाउछौ ..सायद मा कोरिया भयको बाजे लाई थाहा नै न रैछ क्या ,,हुन्छ भने अरु  केहि बोलिन ,,बजार पुगियो साथी को हल्का पुग नपुग १ तोला सुन किन्नु रैछ बिचरा पैसा नि जम्मा ४०-५० हजार मात्रै रैछ (सुन को १ तोला को ५६ हजार ),तेसै त जागिर छुटएर आयको ,तै पनि मोटो घाटो छ ,,पैसो त म संग थ्यो नि ,,तर यसो हेर्दा लाहुरे जस्तो देखिन्न म , सुन पसल मा गयौ साउजी मलाई भन्दा साथी लाई बडी ध्यान दिनु भयको प्रस्ट देखिएको थ्यो ,,मानौ म त्यो लाहुरे साथी को पछि लागेर संगै गयको ,,साथी ले १० ग्राम सुन किन्यो ,,मैले तेहा भयको समान को मूल्य सोधेको साउजी ले भनि हाल्यो तिमि ले किन्न सक्दैनौ ,,उ लाहुरे ले त किनिहाल्नु भयो नि ,,मलाई अहिले चाई अति रिस उठ्यो ,,,के सरिर हेरर को संग कति पैसा छ थाहा हुन्छ?खोइ ४-५ तोला जति को सिक्री देखाउनु त भनेर चेक निकाले र कति को साइन गर्दिउ भने र ३  तोला सुन किनिहाले....पछि पो बाबु रिसाउनु भयो क्या मैले हासो गरेको पो भन्दै थ्यो..फुत्त बाहिर निस्कियौ भोक लागेको थ्यो पल्लो पट्टिको खाजा पसल मा गएर खाजा माग्यौ खाजा खान बसेको साथी लाई चाई गिलास मा पानि हालिदियो मलाई चाई आफै हाल्न लगायो ठिकै छ तत्ति नि ,,पैसा दिने बेला भयो ,,साथी लाई म दिउला भनेको थ्य ,,पैसा दिनेबेला फेरी के हो लाहुरे ले पैसा नदीकन चाहुरे ले दिएको भन्यो तर म रिस सहमाले भन्न त मन लागेको थियो  कोरिया मा महिना को १ लाख कहमाउछु  भनेर तर भनिन ,,.बिदाको अन्तिम दिन अस्ट्रेलिया बाट बैनी को फोन आयको थ्यो ,दाइ म त बडी मोटो भयर मोर्निंग वाल्क गयर आयको ,,तपाई अल्ली मोटाउनु परो के (मोटो हुने मन नभयको होर ?तर मोटाइयन)  मैले आफु लाई सहमाली भने मोटाउनु हुदैन स्वास्थ्य बिग्रिन्छ अहिले यत्तिको ठिक छु पछि सोचौला भने ..(सोच्दै छु मेरो अरब का दाइ देखि स्कूल जिबन मेरो लाहुरे मोह अनि अहिले कोरिएन लाहुरे) ,,अल्ली अल्ली पैसा नि अरु साथी भन्दा कमायको छु तर के मिलेको छैन मन मा सान्त छैन ,,कोरिया फर्कने समय मा एरपोर्ट मा सामान चेकिंग गर्दा मेरो  झोला ओवर लोड भयो पोलिस ले पहिले त सामान निकाल्नु भन्दै थ्यो ,,पछि कोरियन लाहुरे भने पछि चाई ,,ओहो सर कमाही के कस्तो छ ,,पहिले नै भन्नु पर्थ्यो नि ,,,,म मिलाई हाल्थ्य नि ,,जे होस् अहिले चाई पैसा भय सबै काम हुन्छ जस्तो लायो ,,अल्ली खुसि नि लायो अनि दुख पनि किन मान्छे हरु पैसा संग बिक्छन ,,सबै लाई समान बेवार गर्दैनन् ,,अर्को मलेसिया जान लागेको साथी को झोला को समान सब झिकेर हरिबिजोक पार्दै थ्य पुलिस हरु ,,,बिचरा साथी रुन मात्र नसकेको ..,,,,,,,,
                         बिदा का दिन सकाएर फेरी कोरिया आएर काम गरि राखेको छु ,,अब त लाहुरे हुने सपना नि पुरा भयो बिदेस नि मजाले भोगियो ,यति दुख आफ्नै देस मा गर्ने भने सुन फलाउन सकिन्छ ,,,यहाँ साहु को काम गरेर साहु धनि हुन्छ हामी जस्ता को तेस्तै हो तेसैले अब नेपाल गयर केहि व्यापार बिजनेस गर्ने आफ्नै परिवार को साथ रमाउने सोच पलायको छ ,,,अस्ति एक साथी लाई यस्तै भनेको पैसा कमाएर पुग्यो होला नि पो भन्दै थ्यो ,,यहाँ को अवस्था अनि  किन बिदेस बस्न मन लाएन कसलाई थाहा छ र यहाँ को काम यहाँ को मुखै बिगार्ने खाना ,कोरियन हरु को काम को पेलाई आफन्त  साथी हरु ले बुज्दैनन ,, 
                                                        कोही घुरेको आवाज कान मा पर्छ ,घडी हेर्छु ,,,,ओहो रात को ३ बजेको रैछ रूम पार्टनर मेरो कथा सुन्दा सुन्दै निदएछ .,भोलि सबेरै डिउटी जानु छ म पनि सिरक ले  मुख छोपेर निदाउने  प्रयास गरे ,,,,,,..............................................,

धन्यवाद मेरो कथा पढिदिनु भएको मा
(बिदेस भनेको २-४ वर्ष ठिकै हो साथी हरु ,,यहाँ काम गर्दा साहु कति माथि पुग्छ आफु जहाँ को तेही ,तेसैले अब आफ्नै देस मा गयर केहि गर्नु पर्छ )
नोट ;काल्पनिक लेखले कसैलाई असर पुगेमा माफ गर्नुहोला
                                                    लेखक ;
                                                     इसु के ,सी
                                                     स्याङ्गजा          
                                                 (हाल ;दक्षिण कोरिया)
                                                sarangayo@gmail.com                   
                                                                                                              (feb .9.2014)                         


No comments:

Post a Comment