Saturday, 25 May 2013

ब्लग गर्न सिक्दै हाहा

 कात्तिक मसान्त वा मंसीर पहिलो साता चुनाव गर्ने भन्दै रटान लगाइरहेको समयमा दलका दोस्रो तहका नेताहरु भने मंसीरमा चुनाव हुने संभावना टरिसकेको बताउन थालेका छन् ।
नेपाली कांग्रेस र एमालेका नेताहरू भने संविधानसभाको दोस्रो चुनाव हुनेमै आशंका व्यक्त गर्छन् । दलका नेताहरु जिल्ला दौडाहामा लागेपनि चुनावको माहौल बनिसकेको छैन । ‘हामी मंसीरमा होइन वैशाखको चुनावमा लागि सक्यौ, एकीकृत माओवादीका एकजना पोलिव्युरो सदस्य भन्छन्, हामीलाई चैत वैशाखमा चुनावको तयारी गर्न निर्देशन छ ।’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइराला चुनावको मिति घोषणा गर्दैमा चुनाव नहुने बताउँछन । ‘दलका नेता जिल्ला दौडाहमा जादैमा चुनावको वातावरण बनेको भन्न मिल्दैन', उनी भन्छन्, 'मंसीरमा नभए वैशाखमा चुनाव हुन्छ ।’ एकीकृत माओवादीका नेताहरु अनौपचारिक कुरा गर्न तयार भएपनि मंसीरमा निर्वाचन हुन्न भन्ने कुरा सार्वजानिक रुपमा बोल्न मान्दैनन ।
सुवास नेम्वाङ, प्रदीप नेपाल लगायत एमाले नेताहरू चाही खिलराज रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा नगरेसम्म मुलुकमा निर्वाचन नै नहुने बताउदै हिडेका छन् । ‘सरकार गठन हुदा निर्वाचन हुन्छ कि भन्ने लागेको थियो, शीर्ष वार्तामा सहभागि एमालेका एक नेता भन्छन्, 'सरकार सरुवा बढुवामा लागेपछि मंसीरमा निर्वाचनको संभावना टर्र्यो ।’
नेकपा माओवादीका केन्द्रीय सदस्य सन्तोष बुढा मगर भने यो सरकार कायम रहेसम्म देशमा चुनावै नहुने र गर्न नदिने बताउछन् ।
सरकारले तत्काल मिति घोषणा नगर्ने
मंसीरमा निर्वाचन हुने नहुने अन्यौल कायम रहेको समयमा सरकारले भने तत्काल निर्वाचन मिति घोषणा नगर्ने भएको छ । सरकारले निर्वाचन मिति घोषणा गर्नुको सट्टा निर्वाचन घोषणाको माग राखेर अनसनमा बसेका राजेन्द्र महतोलाई अपहरण शैलीमा अस्पताल पुर्र्याएपछि तत्काल निर्वाचन मिति घोषणा नगर्ने मनस्थितीमा रहेको बुझिन्छ ।
‘निर्वाचन मिति घोषणा गर्न नसके मिति घोषणा गर्ने दिनको किटान गरोस भन्ने हामीहरुको माग थियो, सदभावना सहध्यक्ष लम्मणलाल कर्ण भन्छन्, 'त्यतीपनि गर्न नसकेपछि सरकार चुनाव गर्न तयार छैन भन्ने बुझियो ।’ सरकारका एकजना कनिष्ट मन्त्री सरकार मंसीरमै चुनाव गर्न तयार रहेको बताउँछन् ।
नयाँ सरकार गठनको तयारी सुरू
सरकार गठन भएको ७० दिन नाघिसक्दासम्म चुनावको पक्षमा केहीगर्न नसकेपछि वर्तमान सरकार विस्थापनको खेल सुरु भएको छ । नेपालका लागि जर्मनीका राजदूत मार्फत सुझाइएको प्रधानन्यायाधीश नेतृत्वको सरकारले चुनाव गराउने प्रस्ताव फेल खाएपछि शक्ति केन्द्रहरु नयाँ विकल्पमा छलफल सुरु गर्न थालेका छन ।
यसकालागि उच्च राजनीतिक स्तरमा छलफल सुरु भइसकेको छ, जुन कुराको झस्को खिलराज रेग्मीलाई समेत दिइएको छ । असोजसम्मको लक्षण हेरेर मंसीरमा चुनाव नहुने परिस्थिती देखिएमा दशै अगावै सरकार परिवर्तन गरिनेछ । ‘मंसीरमा चुनाव भएन भने फेरि एकपटक संविधानसभा पुनस्थापनाको बहस चल्नेछ ।', एकीकृत माओवादीका प्रभावशाली नेता बताउछन् ।
नयाँ सरकार गठनको संकेत काग्रेस सभापति सुशील कोइरालाले पनि गरिसकेका छन । शुक्रबार इलाममा पत्रकारसंग कुरागर्दै कोइरालाले बावुराम भट्टराइलाई हटाउन मात्र खिलराज रेग्मीको नेतृत्व स्वीकार गरिएको बताएका थिए । रेग्मीको विकल्पमा प्रचण्ड वा राप्रपाका नवनिर्वाचित अध्यक्ष सूर्यबहादुर थापा प्रधानमन्त्री बन्ने संभावना छ । निर्दलीय सरकार हटेमा प्रचण्डको नेतृत्व स्वीकार्न नेकपा-माओवादी समेत तयार छ ।
प्रचण्डले मात्र चुनाव गराउन सक्ने
एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड पछिल्ला दिनहरुमा पत्रकारहरुसँग हासेर बोल्ने गर्छन् । एमाले नेता मोदनाथ प्रश्रितले कलि युगका छट्टु कृष्णको उपमा दिएका प्रचण्डले भित्र एकथोक भएपनि बाहिर आएर केही बोल्दिए भने नेपाली मिडिया त्यसैको पछि दुगुर्छ । प्रचण्डले पत्रकार रिझाउन हाँसेर बोल्ने कला सिकेका छन् ।
हालैका दिनमा गरिएको भ्रमणमा चीन र भारतले वर्तमान सरकारले चुनाव गराउनेमा सन्देह प्रकट गर्दै चुनाव गर्न प्रचण्डकै नेतृत्वमा सरकार गठन गर्नुपर्ने राय राखेका थिए । यद्यपी चतुर प्रचण्डले विमानस्थलमा पत्रकारलाई नेपालमा रेल्वे विस्तार, विद्युत विकास र आर्थिक मुद्दामा कुरो भएको बताएर अल्मलाए ।
संविधानसभाको चुनाव गराउनु चानेचुने कुरो नभएकोले अंग्रेजी नयाँ बर्ष अगावै प्रचण्डको नेतृत्वमा सरकार गठन गर्नुपर्नेमा चीन र भारत सहमत भइसकेको बताइन्छ ।
दुवै देशले निर्वाचन गराएर गिरिजाप्रसाद कोइरालाको जस्तो हाइट बनाउन प्रचण्डलाई सुझाव दिएका छन ।
कुनैपनि नेतालाई तपाइ प्रधानमन्त्री बन्दै हुनुहुन्छ, भनेर प्रश्न गर्दा उनीहरुको जवाफ हुन्छ, ‘मुलुकले आवस्यकता ठानेमा’ भन्ने कुटनीतिक जवाफ दिन्छन् । भद्रगोल बन्दै गएको राजनीतिलाई सम्हाल्न प्रचण्ड प्रधानमन्त्री बन्ने कुरा ‘राष्ट्रिय आवश्यक्ता’ बन्दै गएको कुटनीतिक वृत्तमा चर्चा हुन थालेको छ ।

No comments:

Post a Comment