Saturday, 25 May 2013

बुद्ध जयन्तिमा भेटेको एउटा बेश्या

           
              बुद्ध जयन्तिमा भेटेको एउटा बेश्या

काम भोगी, राग प्रेमी र प्यासीहरुको बाक्लो आवतजावत हुने ठाँउ जस्तो पारेर सडक छेउ छाउ उभिने महिलाहरु पहिलो पटक मैले रत्नपार्कमा देखेको थिएँ, दोस्रो पटक पोखरामा देखेको थिएँ, तेस्रो पटक कोपेन्हेगनमा देखेको थिएँ, चौथो पटक ओस्लोमा देखेको थिएँ र पाचौ पटक मैले लिस्बोनमा देख्दै आएको सत्य हो । हाउ-भाउ र शारिरिक भाषाले पत्ता लागिहाल्छ नभए उनिहरुको आवजले सुन्ने सम्मको दूरिमा छ भने सिधै भन्छ के छ हालखबर भनेर ? आवजले नभ्याउने टाढाको दूरिमा छ भने आँखा कर्के पार्दै आँखिभुइँले बोल्दै सोध्छन सञ्चै  हो ? वा के छ ? वा जाने हो ? भनेर । यी आइमाइहरुप्रती मैले न कहिले ध्यान दिएँ न त उपेक्षित दृस्तिपातनै गरे न त गर्ने नै छु । मेरो नजरमा यीनीहरु आफ्नो दैनिक कर्म गर्ने मानिशनै हुन जो आफ्नो दैनिक काम गर्ने अरु आम मानिशहरु छन । बेश्या भनिन्छ हाम्रो चलन चल्तिको भाषामा  अर्थात ‘’व्हिच’’ ।‘’बेश्या’’ शब्द मलाई न त आपत्तिजनक लाग्छ न त अनौठो नै । पाइलट, डक्टर, कलाकार, पाले, डकर्मि, सिकर्मि, बेश्या एउटा कामदारको उपमा जस्तो मात्र लाग्छ मलाई ।

सबैले आफ्नो कर्म क्षेत्र रोजेर बाचेको यो बहुमुखी बिचित्रे दुनियामा बिचित्र बिचित्रको खेलहरु खेलिन्छ- खेलाईन्छ, हेरिन्छ-हेराइन्छ। बिचित्रे खेलाडीहरुद्वार खेलिने खेलमा प्रायस: झण्डै सबै जस्तो खेलाडीहरु मुकुण्डो लाएर खेल खेल्छन अनि कुन खेलाडी कती समयमा बाहिरिने हो त्यस्को कुनै टुङ्गोनै छैन।
ती आइमाइहरु पनि बिचित्रको यो खेल मैदानका खेलाडीहरु मात्र हुन  खेल त उनिहरु पनि खेल्दै छन  ठुला बडाको पगरी लगाएकाहरुले खेलेजस्तै । खेल त ठुला बडाहरु पनि खेल्दै छन उनिहरुले खेले जस्तै  ।
खेल मैदान एउटै हो ।खेल्ने खेलाडीहरु मात्र फरक -फरक स्वरुपका  मुकुण्डोपनि एकै हो मुकुण्डोको बनोट मात्र फरक- फरक ।
खेलका नियमहरु बाहिरिदाको पिडाहरु एउटै हुन ।
जितमा छुट्ने हाँसोहरु एउटै ।
हारमा फुट्ने आँसुहरु पनि एउटै हो ।

हार र जितमा क्लान्त हुँदै फेरी असिम क्रोध असिम तृष्णा ,असिम इच्छाले दौडाउने दगुराइहरु पनि एउटै हो ।
लोभ एउटै, तृश्णा एउटै, अनी बाहिरिने द्वारपनि एउटै । त्यस्तै खेल खेल्दै गरेकी एउटी खेलाडी हजामको ढोका छेवैमा बस्दै रहिछ जब गएको मंगलवार म हजाम भएतिर लाग्दै थिएँ  आफ्नो कपाल खुइल्याउन …….
हजाम  बन्द भएको सुचना मैले ढोकामा सुचना कागजमा बन्द गर्ने समय हेर्न खोज्दा  छेउको पातलो अग्लो ठ्याक्क अस्थिपञ्जरलाई छालाले ढाके स्वरुपको आइमाइ हेर्दा फोहोरी -फोहोरी उसले बन्द ढोकाको छेउमा बस्दा बस्दै जुरुक्क उठेर भन्यो :


यती नै बेला त बन्द हुन नपर्ने हो । कती बजे बन्द हुने रैछ भनेर सुचना पर्चिमा हेरेको मेरो खुल्दुलीलाइ  मेटाउने हेतुले मेरो अन्योल्ग्रस्त मुहार लाई सजिलो तुल्याउने हेतुले ।मैले कती खेर बन्द हुने हो भन्ने प्रश्न गरेपछीको उतर उसले सरर भनेझै गरी भन्यो मैले प्रशनी नसोधी ।म अनकनाएझै  महशुस उस्लाई  भएकोले फेरी उनले आफ्नो  भाषा परिवर्तन गरिन उनले अङ्रेजी बोल्न थालिन ।एक्सेन्ट र फोनेटिक्स राम्रो नभएको तर शुद्ध ब्याकरणमा उनले बोल्दै गइन । ढोका  बन्द भएपछी फर्कने मेरो मूडलाई उनको बर्बराइले एकछिन त्यही अड्कायो ।म अड्किए । तत्क्षण मेरो स्नायुमण्डल हर्मन हेस्से को "सिद्दार्थ’’ को कमला याद गर्न थाल्यो हर्मन हेस्से मेरो प्रिय लेखक हुन जेर्मनी कवि।


उनले मेरो कपाललाई इङित गरेर सुझाब दिइन ।तिमीले यस्तो ढङ्गमा कपाल काट्नु भनेर हातको मुद्रा बनाइ मुद्रा इशारा सहित भनिन उनको सुझाब अनुसार मैले कपाल काट्नु भनेको चार पाटे मुढेर चोरलाई डाँढा कटाँउदा काटिने छन्दमा काट्नु हो । मेरो बहिर हाउभाउलाई उनले त्यही ढङ्गमा पक्रेछ अनि उसले त्यस्तो चारपाटे काट्न भनिन् ।
मलाई अलि मजा लाग्यो उनको सुझाब अनि अलि बस्नेनै हिसाबले सोधे उसलाई:
तिमी के गर्छौ र मैले त्यस्तो शैलीमा कपाल काटे भने ?
उनले भनिन :तिम्रो कपालको त्यस्तो शैलीले तिम्रो भित्रको जागरुकपनलाई प्रदर्शन गर्छ ।
अनी बहिर स्वरुप र अन्तर स्वरुपको सँगम सही भयो भने अझ आनन्द आँउछ…
उसले यती भनेपछी मैले सोद्दै गएँ उसले भन्दै गइन ।
मैले सोधे: ‘’तिमी के गर्छौ ?’’
उनी जे गर्छिन त्यही भनिन र भनिन आइ ह्याव टु बि अनेस्ट … ।मलाई झन बाँध्यो उनको इमान्दारिताले अनि झन नजिक्यायो अनि झन प्रश्नहरु जन्मायो ।
प्रश्नले अब बुद्धगामी पथ पछ्यायो कुरा झन चर्को हुन थाल्यो मन रशपुर्ण भयो ।
रशिलो रशिलो कुरा गर्ने उनी उनले उनको नाम माग्दा बताइन ।
अनी उनले म सँग ह्यन्ड सेक गर्दै  मलाई भनिन  : ‘’तँ पक्कैपनि बुद्धिस्ट हुनु पर्छ ‘’
म अबाक भएँ ।
मेरो घाँटिको ठेङ्गाले सायद उसलाई त्यही भ्रान्ती दिलायो म बुद्धिस्ट भन्ने  …सत्यत बुद्ध बाणिले लट्ठिने बुद्ध बाद्को ठुलो हिमायती कुबुद्धिस्ट हुँ म ।
म बुद्धिस्ट हैन  भनेर उसको आनुमानिक तर्कहरुको खण्डन गरेर माग्दालाई दुखी तुल्याउन मन मानेन ।
म मिसिक्क मात्र हाँसिदिए ।
अनी उनले भनिन उनी पनि बुद्धिस्ट हुँ…
उनी पक्का बुद्धिस्ट नभएपनी उनले उनि बुद्धिस्ट हुँ भन्ने उनको तर्कमा आंशिक सत्यता प्रष्टिन्थ्यो।
इमान्दारी  बक्नु आफ्नो कर्म गर्नु, बुद्ध उपदेशमै पर्छ ।कसैलाई हानी नपुर्याउनु अनि सौहाद्रताको भाब राख्नु बुद्ध उपदेशमै पर्छ ।

उनको बोलीले वरिपरी ठुलाई ढोल बजाउलाझै गरी बोली झाङ्गिन थाल्यो उनको आवजको बृत्तलाई स्पर्श गरेर जाने मान्छे मध्य कसैले मुख तिखारे कसैले तिखारेन तर मलाई बिस्वास छ २ जना नेपाली दाजुहरु पनि उनको बोलीबाट स्पर्शित भएर गए तर उनिहरुले माग्दालाई भन्दा गहिरिएर मेरो अनुहारलाई आँखाले खिचेर गए ।उनिहरुको आँखाले खिचेको मेरो तस्बिरमा के के देख्यो कुनी त्यो बारे मलाई जान्ने मननै भएन तर माग्दाले के के बोल्दै गइन त्यो नसुनी मन भाग्नै मानेन उनि उन्ले गरेको ध्यानको चर्चा सुनाउदैथिन ।
उनले एक पटक बुद्धमार्गीहरुको शिबिरमा बसेर लामो समयसम्म  ध्यान गरिन ।ध्यान गर्दा -गर्दै उन्लाई एक पटक ‘’आफु यो भौतिक जिवनबाट पार लाग्न सकिन्छ भन्ने उपायहरु आउन लागेको भौतिक जिवनको मुक्ती पछी पराभौतिक जिवनको प्रबेशमा पुग्न सकियो भने मानिशले दुख भन्ने कुरालाई भोग्नै पर्दैन ।मैले यो कुरा महशुष गरे …अनी मेरो शरिरको हर नसा-नसामा बुद्ध प्रतिको मोहले रगतनै उम्लेझै भान गरायो ।‘’उनले अति चर्को स्वरमा यस्तो भन्दै गइन हाउ भाउले समेत उत्तेजित छन्द प्रदर्शित गर्दै ।मलाई  अचम्म लाग्यो एउटा सडक महिलामा बुद्धत्वको तर्कभरी उसको घाँटिमा फूलेको नसाहरु उत्तेजनाले बिभोरिन खोज्दै रसिएको आँखाहरु अनि उत्तेजनाले तँछडिएको हात खुट्टाको मुद्राहरु देखेर । नेताहरुले झुट बोल्दा- बोल्दै फुलाउने गर्दनको नसा र माग्दाले बुद्धबारे बोल्दा- बोल्दै फुलाएको गर्दनको नसामा आकश र पाताल फरक महशुष भयो मलाई ।

त्यो उत्तेजनाहरुबिच, त्यो सनकहरुबिच, त्यो चर्को आवाजहरुबिच, मलाई नेताहरुको भाषण भन्दा माग्दाको जङ्गाइमा सौहाद्रता अनुभुत भयो  अनी मैले उस्लाई अङ्कमाल गरे उनि हृदयबाट अङ्कमल गर्दै मेरो दुबै गालामा आफ्नो दुबै गाला पालो -पालो जोडिन र एउटा निस्छल हृदयले मलाई मृदु स्मिताहस उपाहार दिइन ।अनी सुटुक्क मैले त्यस्लाई च्यापेर बन्द गर्दै हृदयको  कुनामा त्यस्लाई अलङ्कृत गरिदिदै मैले पनि हार्दिकताले स्वछ र कोमल मुस्कान उनलाई थमादिए  अनी कपाल काट्न हिडेको म अन्योल मनको पथीकलाई सडकमा उभीदै मान्छे कुरिरहेकी माग्दाको बुद्ध, कर्मा, ध्यान, कैबल्यको प्रशङ्गले मथिङ्गलनै  रनभुल्ल बनाइदियो । त्यही रनभुल्लमा म आफ्नो पथ छोडेर अर्को पथमा पो लागेछु भन्ने याद आयो  अनी अर्को हजामलाई पक्रेर माग्दासँगको उहापोह  मस्तिष्कमा झङ्कृत हुँदै केश मुण्डन गरिदिए ।

केश काट्दा-काट्दै एकछिन फेरी माग्दा याद गर्यो माथिङलले अनि उनिसँगको बार्ता मन पर्दा -पर्दै छुट्टिनु पर्दाको एउटा दु:ख अनि आफुलाई मनै नपर्ने मान्छेहरु जो माग्दाहिन कुरागर्ने बेमाग्दा हरुसँगको उठबसमा हुने दु:खलाई  स्विकार्नुलाई पनि जिवनको अभिसप्तता सम्झिएर म यीनै दु:ख पछाडिको धेरै कारण्हरुलाई एकातिर राखेर बुद्धलाई अनुश्मरण गर्न पुगे बुद्धले भन्नु भएको त्यो कुरालाई तलमाथी गरेर सम्झिन पुगे :


बुद्ध भन्नु हुन्छ :
जन्मनुनै दु:ख हो ।
मानिश जन्मनु भनेको दु:खको  धर्तिमा अबतरण गर्नु हो ।
जन्मनु त दु:ख छदै छ आँसु दु:ख हो ।
आँसुका कारणहरु हुन्छ ।
आफुलाई मन नपरेको मान्छेसँग बोल्न पर्नु बस्न पर्नु,
आफुलाई मन नलागेको खान पर्नु ,
आफुलाई मन लाग्ने खाना खान नपाउनु।
आफुलाई मनपर्ने मान्छेसँग टाढा बस्न पर्नु ।
अर्थात यी सबै -सबै  दु:ख हुन ।
यी सान्सारिक भङ्गिमाहरु मित्थ्या हुन……. भ्रम मात्रहुन…………  एक  इल्युजन……………


- सञ्जय लामा
लिस्बोन पोर्तुगल

No comments:

Post a Comment