एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य निन्द्राबाट बिउझिएपछि पार्टीमा फर्कने बताएका छन्।
शनिबार नवलपरासी जिल्लाबाट मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी त्यागेर एकीकृत माओवादीमा प्रवेश गरेका कार्यकर्तालाई स्वागत गर्दै उनले यस्तो बताएका हुन् ।
वैद्य समूहका कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेको प्रति खुशी व्यक्त गर्दै दाहालले निन्द्राबाट बिउझिएपछि वैद्य समेत आफ्नो पार्टीमा आउने भन्दै भने ‘अन्ततः एकदिन वैद्यजी ब्यूँझनुहुन्छ, त्यसदिन पार्टीमा र्फकनु हुनेछ ।’
उक्त अवसरमा अध्यक्ष दाहालले नेपालमा एउटै कम्युनिस्ट पाटी बनाउन आफूले प्रयास थालेको समेत बताएक छन् । नवलपरासीमा शनिबार वैद्य नेतृत्वको नेकपा–माओवादी नवलपरासी इञ्चार्ज मित्रशरण शर्मा, पूर्व सभासद रुपा विकसहित १८ जना नेता तथा कार्यकर्तालाई एकीकृत माओवादीमा प्रवेश गरेका हुन् ।

No comments:
Post a Comment